आइतबार, भदौ ७, २०८३

वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन

वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं- वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ।

८३ वर्षको उमेरमा बिहीबार बिहान ११ बजे निधन भएको हो। बुधबार बेलुका अस्वस्थ भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

क्रोनिक ब्रोन्काइटिसबाट लामो समयदेखि पीडित थापाको डेढ महिनाअघि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा शल्यक्रिया गरिएको थियो।

उनी त्यसयता कमलपोखरीस्थित घरमै आराम गरिरहेका थिए।

गीतकार थापाले लेखेका ‘घुम्तीमा नआउ है’, ‘पन्छीमा राम्रो डाँफे’, ‘ए कान्छा ठट्टैमा’, ‘जाग लम्क चम्क हे’, ‘ए कान्छा ठट्टैमा यो बैश’, ‘स्वर्गकी रानी’, ‘गोरेटो त्यो गाउँको’, ‘उकाली ओराली गर्दै’, ‘सप्तरंगी फूलै फूल्यो’ र ‘विछोडको पीडा’लगायतका गीत चर्चित छन्।

गीतकार थापाकाे स्वाब संकलन गरी परीक्षण गर्न लागिएकाे स्राेतले जनाएकाे छ। काेराेना रिपाेर्ट आए आजै साँझ अन्त्यष्टी गर्ने तयारी छ।

प्रकाशित: May 28, 2020| 15:09 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।