आइतबार, भदौ ७, २०८३

आमाको हत्यापछि छोराले गरे आत्महत्या

आमाको हत्यापछि छोराले पनि आत्महत्या गरेका छन्। मोरङको बेलबारी नगरपालिका–४ बुधबारेका ३१ वर्षीय जीवन लिम्बूले ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको हत्या पछि आफूले पनि आत्महत्या गरेका हुन्।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं – आमाको हत्यापछि छोराले पनि आत्महत्या गरेका छन्। मोरङको बेलबारी नगरपालिका–४ बुधबारेका ३१ वर्षीय जीवन लिम्बूले ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको हत्या पछि आफूले पनि आत्महत्या गरेका हुन्।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराम ढकालले जीवनले ईट्टा प्रहार गरी बिहीबार बिहान आमाको हत्या गरेको र पछि आफैं चक्कुले घाँटी रेटेर आत्महत्या गरेको जानकारी दिए।

‘सुरुमा आमाको टाउकोमा ईट्टा प्रहार गरेर हत्या गरेछ पछि तरकारी काट्ने चक्कुले घाँटी रेटेर आत्महत्या गरेछ’, ढकालले भने, ‘हत्याको कारण भने खुल्न सकेको छैन।’

घरायसी विवादमा आमाको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीले घरभित्र भुइँमा रगत लतपतिएको अवस्थामा बिहान ११ बजे देवीमायाको शव भेटेको जनाएको छ।

घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको ईट्टा र जीवनले आत्महत्याका क्रममा प्रयोग गरेको चक्कु फेला पारेको छ। जीवनको बेलबारीकै नोबेल सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

अविवाहित जीवन लागुऔषध र मादकपदार्थ सेवनकर्ता रहेको र नशाकै क्रममा आमाको हत्या गरेर आफूले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरी अनुमान छ।

 

प्रकाशित: May 28, 2020| 15:00 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।