आइतबार, भदौ ७, २०८३

कोरोनाबाट ललितपुरमा एक जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

ललितपुर- कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ।

ललितपुरका ५६ वर्षीय पुरुषको काेराेना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार बेलुका ग्वार्कोस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा ललितपुर महानगरपालिका- २२ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनलाई कलेजो सम्वन्धी समस्या थियो। परिवारले गत ११ जेठमा पाटन अस्पतालमा पुर्याए पनि आइसीयू उपलव्ध नभएपछि उक्त अस्पतालले किष्टमा रेफर गरेको थियो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

प्रकाशित: May 28, 2020| 14:46 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।