काठमाडौं- देशका विभिन्न ठाउँमा गरिएको परीक्षणमा एकै दिनमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित देशभर कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। १ सय ८७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेमध्ये १ सय ४४ जना पुरुष र ४३ जना महिलाहरु रहेका छन्।
काेराेना संक्रमितमध्ये ५ जनाको मृत्यु भइसकेको छ। नेपालमा हाल ८६ हजार ५७ जना मानिसहरु आज क्वारेनटाइनमा रहेका छन्।
हालसम्म देशभर ६० हजार ६ सय ९६ पिसिआर परिक्षण भएका छन् भने आरडिटि विधिबाट १ लाख २ हजार ३४ नमुनाहरु परिक्षण भएका छन्।
संक्रमितमध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु सप्तरीका पुरुषहरु रहेको जनाइएको छ ।
त्यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा पोजेटिभ देखिएको छ । उनीहरु सबै झापाका पुरुषहरु छन् । चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको छ। उनी नवलपुरको पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७७ जनाको पोजेटिभ रिपोर्ट आएको छ । उनीहरुमध्ये धनुषाका २९ जना छन् । उनीहरुमध्ये ३ जना महिला र २६ जना पुरुष छन् भने महोत्तरीका १७ जना छन् ।
उनीहरुमध्ये १ महिला र १६ जना पुरुष छन् । रौतहटका ३ जना पुरुषहरु छन् । त्यस्तै सप्तरीका १२ जना पुरुषहरु छन् । सर्लाहीका ७ जना पुरुष, सिराहाका ६ जना पुरुषहरु छन् । दोलखाका २ पुरुष, सोलुखुम्बुका १ जना पुरुष छन् ।
त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा बभाmङका १ जना पुरुष छन् । त्यस्तै सुर्खेतको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना संक्रमितहरु फेला परेका छन् । जसमध्ये बझाङका १ जना पुरुष, सुर्खेतका १३ जना छन् उनीहरुमध्ये ७ जना पुरुष र ६ जना महिला छन् ।
दैलेखका ८ जना संक्रमित देखिएका छन् । उनीहरुमध्ये एक महिला र ७ जना पुरुषहरु छन् ।
त्यस्तै प्रादेशिक प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा ३ जना संक्रमित थपिएका छन् । उनीहरु स्याङ्जाका छन् । उनीहरुमध्ये १ महिला र २ जना पुरुष छन् ।
सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा थप संक्रमित देखिएका छन् । उनीहरु दार्चुलाका एक पुरुष र कैलालीका २ जना पुरुष हुन् ।
उता मकवानपुरको किटजन्य प्रोगशालमा गरिएको परीक्षणमा १ जना हेटौंडाका पुरुष छन् । त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ । उनीहरु बर्दियाका ३ जना र नेपालगञ्जका १ जना पुरुषहरु रहेका छन् ।
धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरु सबै रौतहटका हुन् । उनीहरु सबै पुरुष रहेको मन्त्रालले जनाएको छ ।