आइतबार, भदौ ७, २०८३

सडकमै सुतेर यात्रुको सुरक्षा गर्दै प्रहरी

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्ध अग्रमोर्चामा रहेर लड्नेमा नेपाल प्रहरी पनि छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं- महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्ध अग्रमोर्चामा रहेर लड्नेमा नेपाल प्रहरी पनि छ।

नेपाल प्रहरी सरकारले गरेको बन्दाबन्दीको पूर्ण रुपमा पालना गराउनेदेखि संक्रमित तथा क्वारेन्टिनमा बसेका नागरिकको सुरक्षामा अग्रमोर्चामा खटिइरहेको छ।

व्यक्तिगत सुरक्षा सामग्रीको अभावका बाबजुद दिन रात नभनी कोरोनाविरुद्धको लडाईमा अग्रमोर्चामा खटिने प्रहरीले रातभर सडकमै सुतेर ड्युटी गर्नु परेको छ।

भारतबाट फर्किनेहरुको सुरक्षाको लागि रातीको समय सडकमै सुतेर प्रहरीले ड्युटी गरिरहेको छ। यो अवस्था डोटीको हो। भारतबाट घर

फर्किएकाहरुको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरीहरु केही दिनयता रातभर सडकमै सुतेर ड्युटी गरिरहेका छन्।

तराईका जिल्लाबाट बसमा आउने नागरिकको सुरक्षाका लागि खटिने प्रहरीले सडकमै सुत्नु परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले बताए।

‘बस मध्यरातमा मात्रै पुग्छन् त्यही भएर ड्युटीमा खटिने प्रहरीले सडकमै सुत्नुपरेको हो’ देउवाले भने, ‘रातीको समय गन्तब्यमा बस पुर्याएर काम नहुने भएकाले बाटोमै सुरक्षा दिएर राखिन्छ।’

ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाही नेतृत्वको टोली यात्रुको सुरक्षामा खटिने गरेको छ।

ड्युटीमा खटिने प्रहरीले विनाकुनै सुरक्षा प्रोटोकल पोसाकमै बीच सडकमा सुतेर रात कटाउनु परेको छ। प्रहरीका अनुसार डोटीमा मात्र दैनिक १५ देखि २५ वटासम्म बसमा नेपालीहरु घर फर्किरहेका छन्। उनीहरुलाई सम्बन्धित स्थानीय तहले लगेर क्वारेन्टिनमा राख्ने गर्दछ।

अग्रमोर्चामा खटिने सुरक्षाकर्मीहरुलाई समेत कोरोना भाइरस संक्रमण देखिसकिएको छ।

प्रकाशित: May 28, 2020| 13:58 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।