सोमबार, माघ ५, २०८२

फ्लोरिडा ओपनमा सन्जीवलाई दोहोरो स्वर्ण

नेपालका सन्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ दुई स्वर्ण पदक जितेका छन्।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं– नेपालका सन्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ दुई स्वर्ण पदक जितेका छन्।

National life

फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा भएको च्याम्पियनसिपमा सञ्जीवले ३० देखि ४० वर्ष मुनि उमेर समूहको स्पोर्ट्स र टे«डिसनल पुम्सेमा स्वर्ण जितेका हुन्। सन्जीवले स्पोर्ट्सतर्फ अमेरिकाका क्लेभ कोलाडोलाई हराउँदै स्वर्ण जितेका हुन्।

सन्जीवले ६ अंक बटुल्दा क्लेभले ४.९३४ अंक जोडेका थिए। प्रेम दर्नालले टे«डिसनल पुम्सेमा स्वर्ण जित्दा स्पोर्ट पुम्सेमा भने रजत पदकमै चित्त बुझाए। स्पोर्टस पुम्सेमा स्विट्जरल्यान्डका डे फ्रेइटा फान्कोईले प्रेमलाई पछि पार्दै स्वर्ण जिते। फ्रान्कोईले ६.५१ अंक बटुल्दा प्रेमले ५.८१ अंक जोडेका थिए।

यसै च्याम्पियनसिपमा नेपालका अर्की खेलाडी सन्दीपा अमगाईंले स्पोर्टस पुम्सेमा कांस्य र ट्रेडिसनल रजत पदक जितिन्। स्पोर्टस पुम्सेमा स्वर्ण विजेता अमेरिकाकी नाटलिया मुनेटनले ६.९६ अंक र रजत विजेता फ्रान्सकी ज्लाटकोभिच टमराले ६.१५ अंक बटुलेका थिए। सन्दीपाले भने ५.४५ अंक जोडेपछि कांस्य पदकमा खुम्चिन बाध्य भइन्।

ट्रेडिसनलतर्फ भने उनी रजत पदक जित्न सफल भइन्। सेप्टेम्बर ११ देखि भएको च्याम्पियनसिपमा नेपालसहित अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, फ्रान्स, स्विट्जरल्यान्ड र स्लोभानियालगायत राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। १४औं संस्करण भने अनलाइनमा हुँदा पुम्से, भर्चुअल स्पाइरिङ, स्पिड किकिङ, ब्रेकिङ, विपन र पारा तेक्वान्दोको प्रतिस्पर्धा भएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 13, 2021| 15:07 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।