आइतबार, भदौ ७, २०८३

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय बाँकेले आज राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

सुर्खेत- जिल्ला प्रशासन कार्यालय बाँकेले आज राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि जिल्लाभर अनिश्चिकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले  जानकारी दिए।

कोरोना भाइरसबाट बाँकेमा आजसम्म १५४ जना संक्रमित भएको छन् भने एकजनाको निधन भएको छ। यस्तै बाँकेका विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दो छ।

निषेधाज्ञाका बेला भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका साधन भने चलाउन पाइनेछ।

यस्तै सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कसप सञ्चालन गर्न पाइने जिल्ला पाइने जिल्ला प्रशासन कार्यालयकाे सूचनामा जनाइएकाे छ।

प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरसबाट जोगिन सबै प्रकारका भेला, सभा, सम्मेलन, गोष्ठी जस्ता कार्यक्रम र भीडभाड नगर्न अनुरोध गरेका छन्।

प्रकाशित: May 27, 2020| 20:42 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।