आइतबार, भदौ ७, २०८३

६० डिएसपीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका ६० जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

काठमाडौं- नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका ६० जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

प्रहरी प्रदान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञावालीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

गृह मन्त्रालय सचिवस्तरको जेठ १३ गतेको निर्णयअनुसार बढुवा भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गर्दै ज्ञवालीले बधाई तथा शुभकामना दिए।

ज्ञावालीले बढुवापश्चात् संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उच्च मनोबलका साथ उत्कृष्ट काम गर्न निर्देशन दिए।

व्यक्ति भन्दा संगठनलाई बलियो बनाउनेतर्फ सबै प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्ने उल्लेख गर्दै ज्ञवालीले राज्यले सुम्पेको दायित्व र भूमिका तथा नागरिक केन्द्रित सेवा प्रवाह गर्न निष्ठापूर्वक काम गर्न निर्देशन दिए।

बढुवा हुनेहरुको तर्फबाट प्रहरीनायव उपरीक्षक पृथ्वीनारायण ओलीले मन्तव्य राखेका थिए। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरुलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: May 27, 2020| 17:40 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।