आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल आइपुग्ला सलहको बथान ? रोक्ने रणनीति बनाउन सरकारी समिति गठन

नेपाल आइपुग्ला सलहको बथान ? रोक्ने रणनीति बनाउन सरकारी समिति गठन

अफ्रिकी मुलुक हुँदै भारत–पाकिस्तान आइसकेको सलह कीरा रोक्ने विषयमा अध्ययन गर्न सरकारले एक समिति गठन गरेको छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

अफ्रिकी मुलुक हुँदै भारत–पाकिस्तान आइसकेको सलह कीरा रोक्ने विषयमा अध्ययन गर्न सरकारले एक समिति गठन गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिएका छन्।

सलह किराबाट हुने क्षति रोक्न तथा रोकथामका विषयमा समितिले अध्ययन गर्ने छ।

के हो सलह ?

विश्वकै एक खतरनाक आप्रवासी कीरा हो सलह। यो सामान्य फट्याड़ग्राभन्दा ठूलो हुन्छ र यसको पछाडिको खुट्टा फट्याड़ग्रा भन्दा लामो हुन्छ। जसकारण सलहमा उफ्रिने क्षमता धेरै हुन्छ।

यिनीहरु झुण्डमा आक्रमण गर्छन्। अरु कीराहरु कुनै निश्चित समूहको बालीमात्रै खाने गर्छन् तर सलहले बालीसहित बोटविरुवा पनि खान्छ।

सलहको एक झुण्ड करिब १ वर्गकिलोमिटर बराबरको हुने बताइन्छ। यसमा लाखौको संख्यामा सलह हुन्छन्। यो झुण्डले प्रत्येक दिन १० माइलको यात्रा तय गर्न सक्छ।

२०१९ को सुरुवातताका केन्या तथा अन्य अफ्रिकी मुलुकमा देखा परेको सलह जुनसम्म पाकिस्तानको पूर्वी भागमा देखा पर्न थालेको थियो भने २०२० जनवरी २९ मा राष्ट्रिय आपतकाल नैघोषणा गरिएको थियो।

सलह अहिले भारतका ५ प्रदेशहरु राजस्थान, महाराष्ट्र, मध्य प्रदेश, गुजरात तथा उत्तर प्रदेशमा पनि देखा परिसकेको छ।

प्रकाशित: May 27, 2020| 17:15 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।