नेपालमा थप ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका १२ जना, झापाका १७ जना, मकवानपुरका १ जना, रौतहटका ३५ जना, बाग्लुङका ६ जना, रुकुम पूर्वका ३ जना, दाङका १५ जना, बाँकेका १६ जना, सिरहाका १ जना र बाराका ८ जनामा नयाँ संक्रमण देखिएको छ ।
अहिलेसम्ममा ४७ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या भने १८३ पुगेको छ ।
प्रदेश १ बाट ३० जना, प्रदेश २ बाट ९७ जना, बागमती प्रदेशबाट ११ जना, गण्डकी प्रदेशबाट २ जना, प्रदेश ५ बाट ३८ जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना डिस्चार्ज भएका छन् ।
नेपालमा हालसम्म ५८ हजार २७७ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख २ सय ८७ नमुनाको आरडिटी विधिबाट कोरोना परीक्षण भएको छ ।