आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गणतन्त्र दिवसमा तीन दिनसम्म दीपावली गर्न सरकारको अनुरोध

गणतन्त्र दिवसमा तीन दिनसम्म दीपावली गर्न सरकारको अनुरोध

सरकारले गणतन्त्र दिवसका अवसरमा तीन दिनसम्म दिपावली गर्न अनुरोध गरेको छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

काठमाडौं- सरकारले गणतन्त्र दिवसका अवसरमा तीन दिनसम्म दिपावली गर्न अनुरोध गरेको छ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आज जेठ १४, जेठ १५ र जेठ १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन आग्रह गरेको हो।

गत १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, आम नागरिक एवम् विदेशस्थित राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरुमा दीपावली गर्ने व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ।

जेठ १५ गते गणतन्त्र दिवस मनाइदैछ। मुलुकमा कोरोना भाइरसको महामारीका कारण कुनै औपचारिक कार्यक्रमहरु आयोजना गरिएको छैन।

२०६३/०६३ को १९ दिने जनआन्दोलनले राजतन्त्रको अन्त्य गरेको थियो। २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

प्रकाशित: May 27, 2020| 16:48 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।