काठमाडौं- नेपाल र भारतबीच उत्पन्न सीमा विवादबारे पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीटरमार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन्।
उनले ट्वीटरमा भारत छिमेकी देशहरुका लागि ‘खतरा’ बनेको बताएका छन्।
The Hindutva Supremacist Modi Govt with its arrogant expansionist policies, akin to Nazi's Lebensraum (Living Space), is becoming a threat to India's neighbours. Bangladesh through Citizenship Act, border disputes with Nepal & China, & Pak threatened with false flag operation.
— Imran Khan (@ImranKhanPTI) May 27, 2020
उनले भारतको केन्द्रीय सरकारलाई हिन्दुवादी फासीवादी सरकारको संज्ञासमेत दिएका छन्।
उनले ट्वीटरमा हिन्दुवादी फासीवादी मोदी सरकारका अभिमानी विस्तारवादी नीतिहरु नाजीका लेबेनसोहोमको नीति जस्तै रहेको र ती नीति छिमेकी देशका लागि खतरनाक रहेको टिप्पणी गरेका छन्।
इमरान खानले बंगलादेशको नागरिकता कानून, नेपाल र चीनबीचको सीमा विवाद र पाकिस्तानविरुद्धको झुठो अभियान चलाएर भारतले धम्की दिइरहेको बताएका छन्।
उनले आफ्नो ट्वीटमा भारत प्रशासित काश्मीरको मुद्दा पनि उठाएका छन्।
उनले लेखेका छन्, ‘यो सबै भारत प्रशासित काश्मीरमा अवैध कब्जापछि भएको जुन, जेनेभा सम्मेलनमार्फत् एक युद्ध अपराध हो र भारतले पाकिस्तान प्रशासित काश्मीरमा पनि दाबी गरिरहेको छ।’
पाकिस्तानी प्रधानमन्त्री खानले फासीवादी मोदी सरकार भारतको अल्पसंख्यक समुदायलाई दोस्रो दर्जाको नागरिक बनाएर केबल उनीहरुका लागि मात्रै खतरा बनेको नभई क्षेत्रीय शान्तिका लागि पनि खतरा बनेको ट्वीटरमा उल्लेख गरेका छन्।
उनको ट्वीटपछि विरोध र समर्थनमा ट्वीटरमा निकै ठूलो बहस भएको छ।