आइतबार, भदौ ७, २०८३

महिला हिंसा रोक्न संसदमा संकल्प प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन महिला सांसदले लकडाउनमा हुने गरेका विभिन्न किसिमका महिला हिंसाका घटनाविरुद्ध कारबाहीका लागि संकल्प प्रस्ताव दर्ता गरेका छन्।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन महिला सांसदले लकडाउनमा हुने गरेका विभिन्न किसिमका महिला हिंसाका घटनाविरुद्ध कारबाहीका लागि संकल्प प्रस्ताव दर्ता गरेका छन्।

डा. डिला संग्रौला, लक्ष्मी परियार र रंगमती शाहीले बुधबार संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका हुन्।

प्रस्तावमा लकडाउनका समयमा भएका विभिन्न हिंसात्मक घटनाका पीडितहरुलाई उचित न्याय दिन र पीडकहरुमाथि कारवाहीका लागि सरकारलाई सुझाव दिइएको छ।

सहज परिस्थितिमासमेत महिलामाथि हुने हिंसा भइरहेको र पछिल्लो केही महिनदेखि कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनको बीचमासमेत यस्ता खालका हिंसाहरु नरोकिएको भन्दै लकडाउनमा प्रभावकारी रुपमा कारवाहीको व्यवस्था मिलाउन संकल्प प्रस्तावमा संकल्पहरु गरिएको छ।

लकडाउनको समयमा कतिपय पीडितहरु उजुरी गर्न प्रहरी, स्थानीय तह तथा सम्बन्धित निकायहरुमा पुग्न नसकेको स्मरण गर्दै पीडित व्यक्तिलाई सेवा दिन सहायता कक्ष स्थापनाको गर्न आवश्यक रहेको ठहर गरिएको छ।

त्यस्तै अहिलेको परिस्थितिमा टेलिफोनमार्फत् उजुरी आउने गरेकाले प्रहरीले त्यस्ता उजुरीहरुको उचित अभिलेख राख्नुपर्ने सुझाव दिइएको छ।

महिला आयोगमा रिक्त पदाधिकारी नियुक्ति गर्न तथा गृहमन्त्रालय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत् पीडितहरुको संरक्षण गर्नसमेत संकल्प प्रस्तावमा सुझाव प्रस्तुत गरिएको छ।

प्रकाशित: May 27, 2020| 16:10 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।