आइतबार, भदौ ७, २०८३

कर्णाली प्रदेशले माग्यो सेना परिचालनको अधिकार

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण अन्त्य नहुँदासम्म सेना परिचालन गर्न पाउने अधिकार माग गरेको छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण अन्त्य नहुँदासम्म सेना परिचालन गर्न पाउने अधिकार माग गरेको छ।

कोरोनाको संक्रमण फैलिँदै गएपछि संक्रमितको उद्धार, क्वारेन्टिनको सुरक्षा तथा व्यवस्थापन र अन्य प्रतिकार्यमा सेना परिचालन गर्ने अधिकार माग गरेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

सोमबार बसेको मन्त्रिपरिषदका निर्णयहरु आज सार्वजनिक गर्दै मन्त्री केसीले कोरोना अन्त्य नहुँदासम्म प्रदेशलाई सेना परिचालनको अधिकार दिन संघीय सरकारसँग स्वीकृति माग गरेको बताइन् ।

‘प्रदेशमा संक्रमित बढ्दै गएका छन्, गाउँका क्वारेन्टिनमा सुरक्षा दिन सकिएको छैन,’ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत रहेकी मन्त्री केसीले भनिन्, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मात्रै सुरक्षा र प्रतिकार्य सम्भव नभएपछि आवश्यक परेको खण्डमा सेना परिचालन गर्न दिन केन्द्र सरकारसँग स्वीकृति माग गरेका छौँ ।’

प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जनशक्ति कम भएकै कारण गाउँका क्वारेन्टिनमा सुरक्षा दिन नसकेको उनको भनाइ छ।

‘डोल्पा, हुम्ला र मुगुका दुर्गम गाउँबाट पनि कोरोना संक्रमितको उद्धार गर्नुपर्ने अवस्था आउन सक्छ। अधिकार पाएको खण्डमा संक्रमितको उद्धारका लागि नेपाली सेनालाई खटाउन सकिन्छ,’ उनले भनिन्, ‘सेनासँग भएको स्रोतसाधान र जनशक्तिलाई प्रयोग गर्न सकियो भने कर्णालीलाई कोरोना महामारीसँग लड्न सहज हुनेछ ।’

प्रकाशित: May 27, 2020| 15:57 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।