काठमाडौं- धादिङको धुनिबेंशी नगरपालिका-६ खानीखोलामा रहेको एक औषधि उद्योगमा आगलागी भएको छ।
नोभा जेनेटिकका औषधि उद्योगमा केहीबेरअघि आगलागी भएको हो।
इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक रुकबहादुर खड्काले नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास जानकारी दिए।
आगलागीबाट मानवीय क्षति नभएको र आगलागीको कारण पत्ता नलागेको खड्काले बताए।