आइतबार, भदौ ७, २०८३

बिरामीको मृत्युपछि चिकित्सकमाथि कुटपिट

नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेका छन्। बुधबार बिहान ७ बजे जोरपाटीकै ५७ वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल ल्याइएको थियो।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

काठमाडौं – नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेका छन्। बुधबार बिहान ७ बजे जोरपाटीकै ५७ वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल ल्याइएको थियो।

अस्पतलाका फोकल पर्सन डा. गुञ्जन खड्काले नेपाल समयसँग भने, ‘बिरामीलाई अस्पताल ल्याउँदा नै अक्सिजनको कमी भएको थियो। स्वासप्रश्वासमा समस्या देखिएको थियो तर उपचार गर्दागर्दै करिब १ घण्टाको अवधिमा मृत्यु भएको हो।’

उनले भने, ‘उपचार गर्दागर्दै बेहोस हुनुभएको थियो। मृतक महिलाको छोराले उपचार गर्न नजानेको भन्दै उपचारमा संलग्न चिकित्सक श्रीकुमार श्रेष्ठलाई कुटेका थिए।’ बिरामीमा स्वासप्रश्वासको समस्या देखिएपछि कोभिडको शंका लागेर हिस्ट्री सोध्दा उपचार गर्न नजान्ने भन्दै कुटेको डा. खड्काले जानकारी दिए।

अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको छ। अस्पतालमा प्रहरी परिचालन गरिएको डा. खड्काले जानकारी दिए।

डाक्टर सोसाइटी अफ नेपालकी महासचिव तोषिमा कार्कीले कोभिड–१९ को महामारीका बेला फ्रन्टलाइनमा रहेर सेवामा खटिरहेका चिकित्सकमाथि हातपात हुनु निन्दनीय भएको बताइन्।

प्रकाशित: May 27, 2020| 14:52 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।