काठमाडौं- संघीय संसदको प्रतिनिधिसभामा ग्रेटर नेपालको माग उठेको छ। सांसद रेणुका गुरुङले पूर्वको टिस्टादेखि पश्चिम काँगडासम्मको भूभाग फिर्ता ल्याउनुपर्ने माग उठाएकी हुन्।
सांसद गुरुङले १८१६ मा नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धि हुँदा गुमेका नेपाली भूमि फिर्ता ल्याउन बेलायतसँग छलफल गर्नुपर्ने बताइन्।
उनले यसबारे बेलायतकी महारानीलाई पत्र लेख्न सरकारसँग आग्रह गरिन्।