आइतबार, भदौ ७, २०८३

संविधान संशोधन केही दिनका लागि टर्‍याे

संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा पेस नहुने भएको छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

काठमाडौं- संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा पेस नहुने भएको छ। सम्भावित कार्यसूचीमा रहेको संशोधन प्रस्ताव संसद सचिवालयले कार्यसूचीमा नराखेकाे संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

यसअघि उक्त प्रस्तावलाई आजको कार्यसूचीमा राख्ने तयारी थियो। दलीय सहमति नहुँदा संविधान संशोधन प्रस्ताव कार्यसूचीबाट हटाइएको स्रोतले बताएको छ।

सरकारले जारी गरेको नयाँ नक्सा नेपालको निशान छापमा समावेश गर्न संविधान संशोधन गर्न लागेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्नका लागि राष्ट्रिय सहमति जुटाउन मंगलबार साँझ सर्वदलीय बैठक डाकेका थिए।

बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले संविधान संशोधन गर्ने विषय पार्टी केन्द्रीय कार्यसमितिबाट पारित गर्नुपर्ने धारणा राखेको थियो। यस्तै जनता समाजवादी पार्टीका नेताहरुले अन्य विषयमा पनि संविधान संशोधन हुनुपर्ने अडान राखेका थिए।

भोलि संसदमा बजेट प्रस्तुत हुने भएपछि अझै केही दिन संविधान संशोधन प्रक्रिया अगाडि बढ्ने सम्भावना छैन।

प्रकाशित: May 27, 2020| 14:35 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।