आइतबार, भदौ ७, २०८३

ढलान गर्ने क्रममा चट्याङ लाग्दा खसेर मृत्यु

घर ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा सिन्धुलीमा आज एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

काठमाडाैं- घर ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा सिन्धुलीमा आज एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कमलामाई नगरपालिका–४ देउरालीका ४२ वर्षीय वासु सापकोटा छन्। कमलामाई नगरपालिका–६ रातमाटास्थित घरको तेस्रो तला ढलान गरिरहेका बेला वर्षासँगै परेको चट्याङको झड्का लाग्दा उनी खसेका थिए। 

घरको छतबाट खसेर गम्भीर घाइते भएका वासुलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

प्रकाशित: May 27, 2020| 13:50 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।