आइतबार, भदौ ७, २०८३

कोरोनाको रिपोर्ट नआउँदै गर्भवतीको दाहसंस्कार

होम क्वारेन्टिनमा मुत्यु भएकी सप्तरीकी गर्भवती महिलाको कोरोना रिपोर्ट नआउँदै अन्तिम संस्कार गरेको पाइएको छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

होम क्वारेन्टिनमा मुत्यु भएकी सप्तरीकी गर्भवती महिलाको कोरोना रिपोर्ट नआउँदै अन्तिम संस्कार गरेको पाइएको छ।

सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारकी २४ वर्षीया महिलाको शव परिवारका सदस्यको उपस्थितिमा जङ्गलमा लगेर सतर्कताका साथ दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले व्यक्तिगत सुरक्षा सामग्री लगाएका परिवारका सदस्यले स्वास्थ्यकर्मीको निगरानीमा शवको दाहसंस्कार गरेको जानकारी दिए।

शव व्यवस्थापनअघि बसेको नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले दाससंस्कारमा संलग्न व्यक्तिलाई सेल्फ क्वारेन्टिनमा राख्ने र कन्ट्याक्ट ट्रेसिङ टोलीलाई सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा दिइएको थियो।

महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो। अत्यधिक ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या देखिएकी गर्भवतीको मंगलबार घरमै मृत्यु भएको थियो।

पिसीआर रिपोर्ट आउन तीन दिनसम्म लाग्ने भएकाले परिवारसँगको सल्लाहमा सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। मृतक १८ साताकी गर्भवती थिइन्।

उनको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी रहेको बुझिएको छ।

प्रकाशित: May 27, 2020| 12:11 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।