आइतबार, भदौ ७, २०८३

बर्दियामा ५५ वर्षीय पुरुषको क्वारेन्टिनमा मृत्यु

बर्दियामा क्वारेन्टिनमा बसेका एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

बर्दियामा क्वारेन्टिनमा बसेका एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ।

गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नम्बर ९ का एक पुरुषको बुधबार बिहान मृत्यु भएको हो।

अछामबाट फर्किएपछि मंगलबार क्वारेन्टिनमा राखिएका उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

कामदारको रुपमा अछाम पुगेका उनी जेठ ८ गते डोटी–कैलाली हुँदै १३ गते बर्दिया प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।

मृत्युको कारण भने खुलेको छैन। कोरोना भाइरस परीक्षणका लागि उनको स्वाब निकालिएको र रिपोर्ट आएपछि मात्र शब व्यवस्थापन गरिने लामिछानेले जानकारी दिए।

प्रकाशित: May 27, 2020| 11:51 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।