आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय सीमाबाट पाँच सय नेपाली ढाट तोडेर जनकपुरतर्फ (भिडियो)

भारतीय सीमाबाट पाँच सय नेपाली ढाट तोडेर जनकपुरतर्फ (भिडियो)

धनुषाको जटही नाकाबाट पाँच सयभन्दा बढी नेपाली बुधबार बिहान ढाट तोडेर बुधबार बिहान भित्रिएका छन्।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

जनकपुरधाम- धनुषाको जटही नाकाबाट पाँच सयभन्दा बढी नेपाली बुधबार बिहान ढाट तोडेर बुधबार बिहान भित्रिएका छन्।

स्थानीयका अनुसार उनीहरु भारतका विभिन्न ठाउँबाट मंगलबार साँझ जटही नाकामा आइपुगेका थिए। सम्बन्धित पालिकाका प्रतिनिधि नाकामा लिन नआएपछि उनीहरु अलपत्र परेका थिए।

रातभर नाकामा अलपत्र परेका उनीहरु प्रदेश सरकार र प्रशासनविरुद्ध नाराबाजी गर्दै जनकपुरतर्फ आएका छन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नाकामा आइपुगेका नेपालीलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीको टोली पठाइएको बताए।

भारतले प्रवासी मजदुरलाई घरसम्म पुर्याउन रेल सञ्चालन गरेपछि नेपालीको आउने क्रम बढेको छ। यसअघि धनुषाको एकमात्र जटही नाका खोलिए पनि जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि खजुरी नाका पनि सञ्चालनमा ल्याएको छ।

भारतमा रहेकाहरुलाई नेपाल फिर्ता ल्याउने निर्णय भएसँगै प्रदेश २ का मुख्य नाकाहरुबाट जेठ १ गतेयता १० हजारभन्दा बढी मानिस भित्रिएका छन्।

प्रकाशित: May 27, 2020| 12:15 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।