आइतबार, भदौ ७, २०८३

धनुषाको जटही नाकामा भारतबाट आएका एकजनाको मृत्यु

भारतबाट आएका एकजनाको धनुषाको जटही नाकामा मृत्यु भएको छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

जनकपुरधाम- भारतबाट आएका एकजनाको धनुषाको जटही नाकामा मृत्यु भएको छ। धनुषाको सहिदनगर नगरपालिका–९ घर भएका वीरेन्द्र यादवको बुधबार बिहान ३ बजे मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

उनी भारतबाट मंगलबार जटही नाका आइपुगेका थिए। ‘सुरुमा सामान्य बिरामी भएको कुरा आयो, सशस्त्रले खानेकुरा र पानीको व्यवस्था गरेकाे थियो,’ निरौलाले भने, ‘अचानक स्वास्थ्य बिग्रिएर उनको मृत्यु भयो।’

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको उनले बताए।

 

प्रकाशित: May 27, 2020| 11:02 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।