आइतबार, भदौ ७, २०८३

एडीबीले स्वीकृत गर्‍यो ३० अर्ब ऋण

एसियाली विकास बैंक (एडीबी) ले नेपालको लागि २५ करोड अमेरिकी डलर अर्थात् झण्डै ३० अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ। बैंकले तत्काल कोरोना भाइरस महामारी नियन्त्रणका लागि सो रकम सहुलियत कर्जा स्वीकृत गरेको जानकारी दिएको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं - एसियाली विकास बैंक (एडीबी) ले नेपालको लागि २५ करोड अमेरिकी डलर अर्थात् झण्डै ३० अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ। बैंकले तत्काल कोरोना भाइरस महामारी नियन्त्रणका लागि सो रकम सहुलियत कर्जा स्वीकृत गरेको जानकारी दिएको छ।

यो रकम नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीको क्षमता विस्तारका साथै आर्थिक तथा सामाजिक क्षेत्रमा परेको प्रभावलाई न्युनिकरण गर्न खर्च गरिने एडीबीले जनाएको छ।

एडीबीले विश्वव्यापी कोरोना महामारी नियन्त्रणका लागि २० अर्ब डलरको अपतकालिन राहत कोष घोषणा गरेको छ। सो मध्येबाट नेपालले २५ करोड डलर पाएको हो। एडीबीले औषधि आपूर्ति गर्न ३ लाख डलर अर्थात ३ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ।

 

प्रकाशित: May 26, 2020| 19:59 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्