आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आर्थिक नियमावली निर्माण गर्दै क्यान, खेलाडी कन्ट्रयाक्ट अन्तिम चरणमा

आर्थिक नियमावली निर्माण गर्दै क्यान, खेलाडी कन्ट्रयाक्ट अन्तिम चरणमा

नेपाल क्रिकेट संघ(क्यान)ले लकडाउनको समयमा पनि आन्तरिक काम जारी राखेको बताएको छ। लकडाउनमा गर्न सकिने आन्तरिक कामहरु जारी राखेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं – नेपाल क्रिकेट संघ(क्यान)ले लकडाउनको समयमा पनि आन्तरिक काम जारी राखेको बताएको छ। लकडाउनमा गर्न सकिने आन्तरिक कामहरु जारी राखेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

National life

अध्यक्ष चन्दका अनुसार सावधानी अपनाउँदै क्यानले काम गरिरहेको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सम्भव भएका कामहरु गरिरहेका छौं। मूलपानी र त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा निर्माणका कामहरु भइरहेका छन्।’

क्यानले लकडाउनमा घरमै बस्नुपरेको अवस्थामा नयाँ आर्थिक नियमावलीमा पनि जोड दिएको छ। त्यस्तै पछिल्लो समयमा भएका कामहरुको आयव्यय सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताएका छन्। उनी लेख्छन्, ‘नयाँ आर्थिक नियमावली निर्माण भइरहेको छ। त्यस्तै अघिल्लो प्रतियोगिताको आयव्यय सार्वजनिक गर्ने अन्तिम तयारीमा क्यान छ।’

उनले खेलाडीको कन्ट्रयाक्ट बारेमा पनि कुरा उठाएका छन्। ‘महिला र पुरुष खेलाडीको कन्ट्रयाक्टको काम पनि अन्तिम चरणमा पुगेको छ’, उनी लेख्छन, ‘यो वर्षको प्रतियोगिता कोरोनाले प्रभाव पारे तापनि अर्को वर्ष हुने प्रतियोगिताको आन्तरिक तयारी थालिएको छ।’

‘क्यानले हेर्दैन भन्ने बुझिसक्यौं, आफैँ केही गर्छौं’

Laxmi sunrise bank
kumari

 

प्रकाशित: May 26, 2020| 17:09 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।