आइतबार, भदौ ७, २०८३

आर्थिक सर्वेक्षण सार्वजनिक, २ प्रतिशतले घट्यो गरिबी

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन्।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन्।

आज संघीय संसदमा आर्थिक सर्वेक्षण पेश गर्दै उनले २ प्रतिशतले गरिबी घटेर १६ प्रतिशतमा सिमित भएको बताए।

अर्थमन्त्री खतिवडाले सरकारले लिएको नीतिका कारण गरिबीको रेखामुनी रहेको जनसंख्या घट्दै गएको दाबी गरे।

आर्थिक सर्वेक्षणअनुसार मुलुकको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड छ।

कुल ऋणमध्ये आन्तरिक चार खर्ब ५१ अर्ब ९ करोड र वैदेशिक ऋण ६ खर्ब ६३ अर्ब ७२ करोड छ।

अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सिमित हुने अनुमान रहेको बताए। सरकारले यो वर्ष ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो।

यसअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धि १.५ देखि २.८ को बीचमा हुने प्रक्षेपण गरिसकेको छ।

सर्वेक्षणअनुसार व्यापार घाटामा सुधार आएकोले शोधनान्तर स्थिति बचतमा छ।

मूल्य वृद्धिदर एकल अंकमा सीमित भए पनि गत वर्षको तुलनामा यसपटक महँगी बढेको छ।

 

प्रकाशित: May 26, 2020| 15:20 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्