आइतबार, भदौ ७, २०८३

बैंकमा नपुगेरै कसरी पठाउने रेमिट्यान्स ?

डिजिटल माध्यमबाट रेमिट्यान्स जहाँबाट पनि पठाउन सकिन्छ। पैसा पठाउँदा वालेट, नगद र बैंक खाता गरी तीन विकल्प रोज्न पाइन्छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं– विद्युतीय (डिजिटल) माध्यमबाट रेमिट्यान्स पठाउने कार्यलाई नेपाल राष्ट्र बैंकले थप सहजीकरण गर्ने तयारी गरेको छ।

नेपाली श्रमिक रहेका विभिन्न मुलुकमा लकडाउन भएपछि प्रभावित बनेको रेमिटेन्स आप्रवाहलाई सहज बनाउन राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न लागेको हो।

डिजिटल माध्यमबाट रेमिट्यान्स सहज रूपमा भित्र्याउन राष्ट्र बैंकको भुक्तानी प्रणाली र विदेशी विनिमय व्यवस्था विभागले संयुक्त रूपमा काम गरिरहेका छन्।

डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा बैंक वा रेमिट्यान्स कम्पनीसम्म पुगिरहनु पर्दैन। त्यसकारण डिजिटल कारोबारले लकडाउनको कारण पैसा पठाउन नपाएकालाई सहज हुने मात्रै होइन कोभिड–१९ संक्रमणको जोखिम पनि कम गर्छ।

यसअघि विभिन्न रेमिट्यान्स कम्पनीले ‘वालेट’ मार्फत रेमिट्यान्स प्रणाली सुरु गरिसकेका छन्। राष्ट्र बैंक यसलाई थप सहज बनाउन लागेको हो।

कसरी पठाउने?

डिजिटल माध्यमबाट रेमिट्यान्स जहाँबाट पनि पठाउन सकिन्छ। पैसा पठाउँदा वालेट, नगद र बैंक खाता गरी तीन विकल्प रोज्न पाइन्छ।

वालेट छनोट गरेमा आईएमई पे, खल्ती, प्रभु पे, ई–सेवालगायत मार्फत पठाउन सकिन्छ।

नगद छनोट गरे पैसा पाउने व्यक्ति पायक पर्ने रेमिटेन्स कम्पनी वा रेमिटेन्स सेवा भएको वित्तीय संस्थामा गएर पैसा लिन सक्छन्।

त्यसैगरी, बैंक खाता छनोट गरे पाउने व्यक्तिको खातामा सिधै रकम जम्मा हुन्छ।

तर, यी तीन विकल्प प्रयोग गरी रेमिट्यान्स पठाउनु अघि उपलब्ध विभिन्न वालेटमध्ये कुनै एक डाउनलोड गर्नुपर्छ। त्यसमा तोकिएको विवरण भरेर प्रयोग गर्न सकिन्छ। यसको लागि पठाउने व्यक्तिको बैंक खाता भने हुनैपर्छ।

प्रकाशित: May 26, 2020| 08:20 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्