काठमाडाैं- प्रधानमन्त्री केपी ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) तत्काल सञ्चालन हुन सक्ने अवस्था नरहेको बताएका छन्।
उनले सोमबार देशवासीका नाममा सम्बोधनका क्रममा भने, 'परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन्। तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि छैन।'
प्रधानमन्त्री ओलीलृ एसईईका विद्यार्थीको सिंगो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने जानकारी दिए।
उनले आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुयल कक्षा’ को समेत प्रयोग गरी सबै विद्यालयमा नयाँ शैक्षिक वर्षअन्तर्गतको पठनपाठन सञ्चालन गर्ने बताए। गत चैत ५ गते सञ्चालन हुनुपर्ने परीक्षा काेराेना भाइरसका कारण स्थगित हुँदा तयारीमा रहेका झन्डै ५ लाख विद्यार्थी अन्याेलमा छन्।