मंगलबार, असार ३०, २०८३

काउटिन्हो अनुबन्धन गर्न आर्सनलको जोड

इंग्लिस क्लब आर्सनलले ब्राजिलियन फरवार्ड फिलिप काउटिन्हो अनुबन्धन गर्न प्रक्रिया अघि बढाएको छ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

इंग्लिस क्लब आर्सनलले ब्राजिलियन फरवार्ड फिलिप काउटिन्हो अनुबन्धन गर्न प्रक्रिया अघि बढाएको छ। उसले यसबारे बार्सिलोनासँग कुरा गरेको बताएको छ।

२७ वर्षीय ब्राजिलियनले लोनमा एक सिजन जर्मनी क्लबमा बायर्न म्युनिकमा बिताइसकेका छन्। तर, काउटिन्होलाई अनुबन्धन गर्न बुन्डेलिगा बिजेताले ठूलो रकम तिर्नुपर्ने हुन्छ। उसले १०५ मिलियन पाउन्ड तिर्न नसक्ने बताएको छ। जसकारण आउँदो सिजनको लागि बायर्नले अन्य खेलाडीलाई अनुबन्धन गर्नेछ।

त्यसैले काउटिन्हो अब बार्सिलोना फर्किनेछन्। तर, बार्सिलोनाले उनलाई क्लबमा राखिरहन इच्छा देखाएको छैन। बार्सिलोनाले उनलाई राख्न सक्ने आर्थिक अवस्था नभएको पनि बताएको छ। यसकारण उनले नयाँ क्लब रोज्नुपर्ने हुन्छ।

बायर्नबाट बार्सिलोना फर्किएसँगै काउटिन्हो प्रिमियर लिगतर्फ जान इच्छुक देखिएका छन्। र, आर्सनलले उनलाई ल्याउन चाहिरहेको छ। आर्सनलका लागि पानि उनी ठूलो लगानी हुनेछन्। तर, आर्सनलका प्रशिक्षक मार्केला आर्टेटाले उनलाई क्लबमा अनुबन्धन गर्न सकिने बताएका छन्।

काउटिन्होको अबको यात्रा कता?

उनले युरोपका चार शिर्ष लिगबाट फुटबल खेलिसकेका छन्। उनले इन्टर मिलान (२००८–२०१३)बाट सिरी ए, लिभरपुल (२०१३–२०१८)बाट प्रिमियर लिग, बार्सिलोना(२०१८ देखि अहिलेसम्म)बाट ला लिगा र बायर्न(लोनमा)बाट बुन्डेसलिगा खेलिसकेका छन्। उनले ऋणमा रहँदै एस्पायोनलबाट पनि ला लिगा खेलेका थिए।

जारी सिजनमा उनले ३२ खेलमा ९ गोल र ७ एसिस्ट गरिसकेका छन्।

लि१०स्पोर्ट्स डटकम

प्रकाशित: May 25, 2020| 09:50 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।