बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर कोरियाले परीक्षण गर्‍यो लामो दूरीको क्रुज क्षेप्यास्त्र

उत्तर कोरियाले परीक्षण गर्‍यो लामो दूरीको क्रुज क्षेप्यास्त्र

उत्तर कोरियाले सफलतापूर्वक लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्र परीक्षण गरेको छ।
 |  सोमबार, भदौ २८, २०७८

बीबीसी

बीबीसी

सोमबार, भदौ २८, २०७८

National life
kumari

काठमाडौं– उत्तर कोरियाले सफलतापूर्वक लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्र परीक्षण गरेको छ। उक्त क्षेप्यास्त्रले जापानको धेरै भागमा प्रहार गर्न सक्ने उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। शनिबर र आइतबर दुईवटा क्षेप्यास्त्र परीक्षणका लागि प्रहार गरिएको थियो। 

दुवै क्षेप्यास्त्र १,५०० किलोमिटर टाढासम्म पुग्न सक्ने उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले गत ज्यानुअरीमा पदभार ग्रहण गरेलगत्तै उत्तर कोरियाले क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको थियो। ब्यालिस्टिक क्षेप्यास्त्र र आणविक कार्यक्रमका कारण प्योङयाङमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको छ।

उत्तर कोरियासँग लामो समयदेखि कायम कूटनीतिक गतिरोधका विषयमा टोक्योमा अमेरिका, जापान र दक्षिण कोरियाका अधिकारीहरूबीच हुन लागेको छलफलको पूर्वसन्ध्यामा पछिल्लो परीक्षण गरिएको हो।

प्रकाशित: Sep 13, 2021| 11:30 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।