शनिबार, फागुन ३०, २०८२

पाकिस्तान विमान दुर्घटनामा ९७ को मृत्यु, दुई जना सकुशल

शुक्रबार पाकिस्तानको कराँचीमा भएको विमान दुर्घटनाबाट दुई यात्रीको जीवितै उद्दार भएको छ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

एजेन्सी– शुक्रबार पाकिस्तानको कराँचीमा भएको विमान दुर्घटनाबाट दुई यात्रीको जीवितै उद्दार भएको छ।

National life

कराची विमानस्थलमा ओर्लन लाग्दै गर्दा दुबै इञ्जिन फेल भएपछि आवासीय क्षेत्रमा खसेको उक्त विमानमा सवार ९७ जना यात्रुको मृत्यु भएको पाकिस्तानी पत्रिका डनको अनलाइन संंस्करणले उल्लेख गरेको छ।

पत्रिकाका अनुसार दुर्घटनामा परेर पनि जोगिन सफल दुईमध्ये एक यात्रुले आगो लागिरहेको विमानबाट हाम फालेका थिए।

२४ वर्षीय मोहम्मद जुबैर नामका ती यात्रुलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, ‘मलाई जसै होस आयो चारैतिर आगोमात्रै थियो। मैले सिटबेल्ट खोलेर अगाडि बढें । अलिकती उज्याले देखियो, त्यतैतिर दौडँदा तल खसेछु ।’

उनको शरीरमा आगोले क्षति पु¥याए पनि अवस्था गम्भीर नरहेको चिकित्सकहरुले बताएका छन्।

Laxmi sunrise bank
kumari

दुर्घटनाबाट बाँच्न सफल अर्का व्यक्ति बैंक अफ पञ्जावका अध्यक्ष जफर मसुद हुन्।

प्रत्यक्षदर्शीहरुले अन्य यात्रु पनि जल्दै गरेको अवस्थामा विमानबाट हाम फालेको तर, बाँच्न सफल नभएको बताएका छन्।

दुर्घटनाग्रस्त विमानको एउटा पंखा सुरुमा एउटा घरमा ठोक्किएर आगो लागेको थियो, त्यसपछि विमान सडकमा खसेको थियो।
स्वास्थ्यमन्त्रालयले दुर्घटनास्थलबाट ९७ शव वरामद गरिएको जनाएको छ।

मृतक मध्ये ईदको विदामा घर जान लागेका पाकिस्तानी सेनाका अधिकारीहरु समेत रहेको बताइएको छ।

घटनामा कम्तीमा २५ घरहरुमा क्षति पुगेको छ वस्तीका १६ जना घाइते भएका छन्।

दुर्घटना लगत्तै विमानमा १०७ जना सवार रहेको र सबैको मृत्यु भएको भनिए पनि पछि ९१ जना यात्रु र ८ जना चालक दलका सदस्य रहेको पुष्टि भएको छ।

पीआईएको उक्त इयरबस ए–३२० पीके ८३०३ दिउँसो एक बजे लाहौरबाट उडेको थियो।

प्रकाशित: May 23, 2020| 08:21 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।