शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इजरायलको रोजगारीका लागि भाषा परीक्षा आज, नतिजा दुई दिनभित्र

इजरायलको रोजगारीका लागि भाषा परीक्षा आज, नतिजा दुई दिनभित्र

रोजगारीका लागि इजरायल जान आवेदन दिएर प्रमाणित भएका ७ हजारभन्दा बढी युवाको भाषा परीक्षा आज सोमबार सुरु हुँदैछ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं– रोजगारीका लागि इजरायल जान आवेदन दिएर प्रमाणित भएका ७ हजारभन्दा बढी युवाको भाषा परीक्षा आज सोमबार सुरु हुँदैछ। वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनमध्येबाट ७ हजार ९ जनालाई प्रमाणित गरी भाषा परीक्षा लिन लागेको हो।

विभागका अनुसार परीक्षालाई गोप्य तथा सुरक्षित बनाउन प्रश्नपत्र नेपाली सेनाको सुरक्षामा राखिएको छ। ११ स्थानका १६ परीक्षा केन्द्रमा सोमबार १ बजे भाषा परीक्षा हुनेछ। परीक्षामा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ महिला रहने विभागले जनाएको छ। परीक्षालाई मर्यादित बनाउन सबै केन्द्रमा वैदेशिक रोजगार विभाग बाहेकका विभिन्न निकाय र मन्त्रालयका कर्मचारीलाई केन्द्राध्यक्षका रुपमा खटाइएको छ।

आज लिइएको परीक्षाको नतिजा बुधबारभित्र आइसक्ने विभागले बताएको छ। नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने भएको छ। परीक्षा, अन्तर्वार्ता लगायतका सबै प्रक्रिया एक महिनाभित्र सक्ने विभागको योजना छ। 

प्रकाशित: Sep 13, 2021| 10:31 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्