शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • उहान ल्याबका प्रमुख भन्छन् – प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन

उहान ल्याबका प्रमुख भन्छन् – प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन

कोरोना भाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्युटका निर्देशकले दाबी गरेका छन्।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

न्युयोर्क – कोरोना भाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्युटका निर्देशकले दाबी गरेका छन्।

National life

निर्देशक वाङ यीले आइतबार राज्य सञ्चालित सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “इन्स्टिच्युटलाई यो भाइरसबारे यसअघि न त कुनै ज्ञान थियो न हामीले सामना गरेका थियौं, न अनुसन्धान गरिएको वा यो भाइरस हामीले राखेका थियौं। हामीलाई भाइरसको अस्तित्वबारे पनि थाहा थिएन। हामीसँगै हुँदै नभएको कुरा कसरी हाम्रो ल्याबबाट बाहिरियो?”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेओले उहानमा भेटिएको भाइरस उहान प्रयोगशालाबाटै कुनै तरिकामा बाहिर छाडिएको भन्दै निरन्तर दाबी गरिरहेका छन्।

धेरैजसो वैज्ञानिकले ५४ लाख व्यक्तिमा संक्रमित भइसकेको तथा ३ लाख ४४ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको यो कोरोना भाइरस चमेरोबाट मानिसमा संक्रमित भएको दाबी गरिरहेका छन्। यो भाइरस उहानमा जथाभावी बेचिने वन्यजन्तुको मासुबाट मानिसमा सरेको हुन सक्ने उनीहरुको भनाइ छ।

प्रकाशित: May 24, 2020| 13:05 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।