आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिआन–काठमाडौं कार्गो रेल सेवा सुरु, सिगात्सेसम्म रेल अनि ट्रक

सिआन–काठमाडौं कार्गो रेल सेवा सुरु, सिगात्सेसम्म रेल अनि ट्रक

चीनको सान्सी प्रान्तको सिआनदेखि काठमाडौंका लागि कार्गो रेल सेवा सुरु भएको छ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

काठमाडौं– चीनको सान्सी प्रान्तको सिआनदेखि काठमाडौंका लागि कार्गो रेल सेवा सुरु भएको छ।

सिन्ह्वानेट डटकमका अनुसार कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट तिब्बतको सिगात्सेका लागि प्रस्थान गरेको छ।

रेलमा निर्माण सामग्री, लत्ताकपडा, जुत्तालगायतका सामान छन्। सिगात्सेबाट ट्रकले केरुङ हुँदै उक्त सामान काठमाडौं ल्याउनेछन्।

सिआनबाट काठमाडौं सामान आइपुग्न आठ दिन लाग्नेछ।

सिआनदेखि काठमाडौंको कार्गो रेलले सिआन र दक्षिण एसियाली व्यापारिक सम्पर्क स्थापित गर्ने चीनले विश्वास गरेको छ।

 

प्रकाशित: May 24, 2020| 08:48 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्