शनिबार, फागुन ३०, २०८२

आप्रवासी कामदारद्वारा कतारमा विरोध प्रदर्शन

विरलै विरोधका कार्यक्रम हुने खाडी मुलुक कतारको राजधानी दोहास्थित एक जिल्लामा आप्रवासी श्रमिकहरूले आफ्नो ज्याला नपाएको भन्दै विरोध गरेका यहाँको सरकारी श्रोतले शनिबार बताएको छ ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

विरलै विरोधका कार्यक्रम हुने खाडी मुलुक कतारको राजधानी दोहास्थित एक जिल्लामा आप्रवासी श्रमिकहरूले आफ्नो ज्याला नपाएको भन्दै विरोध गरेका यहाँको सरकारी श्रोतले शनिबार बताएको छ ।

National life

सामाजिक सञ्जालमा भाइरल बनेका तस्वीरमा करिब १०० भन्दा बढी व्यक्तिहरू राजधानी दोहाको महेरेब जिल्लामा मुख्य सडक अवरुद्ध गर्दै ताली बजाउँदै ज्याला पाउनुपर्ने मागसहित शुक्रबार विरोधमा सडकमा उत्रिएको देखाइएको छ भने प्रहरीहरूले उनीहरूलाई हेरिरहेको देखिएको छ ।

आफूहरूले पकाएको तलब दिन ढिलो र आनाकानी गरेको भन्दै केही प्रवासी कामदारले मे २२ मा मशिरेब क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरेका श्रम मन्त्रालयले शनिबार जारी एक विज्ञप्तिमा पुष्टि गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयले समस्याबारे तत्काल समस्याबारे छलफल गरेको र आउँदो दिनमा सबै तलब तुरुन्त भुक्तान हुने सुनिश्चित गर्न कदम चालेको छ ।”

कोरोना भाइरसको महामारीका कारण कतिपय उद्योग तथा कलकारखाना तथा व्यवसायिक काम रोकिएको र कामदारलाई तलब दिनमा कठिनाई परेको भन्दै श्रमिकको पाउनुपर्ने ज्याला दिन ढिलाई गरेको हुनसक्ने मन्त्रालयले बताएको छ ।

Laxmi sunrise bank
kumari

तलब भुक्तान नगरेका कम्पनीहरूबिरूद्ध कानुनी कारबाही गर्न निर्देशन जारी गरिसकिएको मन्त्रालयले जानकारी गराएको छ ।

पेट्रोलियम पदार्थ तथा प्राकृतिक इन्धनका लागि समृद्ध खाडीमा लाखौं विदेशीहरू प्रायः भारत, पाकिस्तान, नेपाल र श्रीलंकाबाट श्रमका लागि अत्यधिक श्रमिक आउने गरेका छन् ।

उनीहरूमध्ये धेरै यस इलाकाका रमाईला गगनचुम्बी भवनहरू र मलहरूदेखि टाढा रहेका शिविरहरूमा बसी शहरमा काम गर्ने र श्रम र पसिनाबापतको पैसाले स्वदेशमा आफ्ना परिवारको खर्चमा सहयोग गर्ने गर्दछन् ।

सन् २०२२ को विश्वकप अगाडि देशले दर्जनौं ठूला आयोजनाहरू पूरा गरिसक्ने उद्देश्यका साथ कतारले देशको जनसङ्ख्याको झन्डै ९० प्रतिशत प्रवासी कामदारलाई भित्राएको छ भने अधिकांश आयोजनाहरू अन्तिम चरणमा रहेका छन् ।

तर कोरोना भाइरस र यसको विनाशकारी आर्थिक प्रभावले धेरै कामदारहरूलाई प्रभावित पारेको छ र अरूलाई बेरोजगार, ज्यालाहीन र कहिलेकाहिँ बेइमान रोजगारदाताहरूको दयामा रहनुपर्ने बाध्यता रहेको छ ।
रासस

प्रकाशित: May 24, 2020| 06:47 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।