मंगलबार, साउन १२, २०८३

कराँचीको जेलमा तीन सय कोरोना संक्रमित

पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै तीन सय भन्दा बढी बन्दी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

कराँचीको जेलमा तीन सय कोरोना संक्रमित

कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

शनिबार सार्वजनिक भएको विवरण अनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरै जनामा सङ्क्रमण फैलिएको बताइएको छ ।कारागारका अधिकारीहरुले सङ्क्रमित र सङ्क्रमण नभएका कैदीहरुलाई अहिले छुट्टा छुट्टै राखिएको जानकारी दिएका छन् ।

चाडो चाडै सङ्क्रमण फैलिएको देखिएपछि अहिले अस्पतालका सवै कैदी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारीलगायतको पनि कोरोना परिक्षण गरिएको छ । कारागारमा पहिलो सङ्क्रमित यही मे ११ तारिखका दिन पुष्टि भएको थियो । त्यसपछि अरु केही व्यक्तिहरुमा देखिएको थियो ।

अहिले त्यो दिनप्रतिदिन बढ्दै गइरहेको पाइएको छ । शनिबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट ५२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।
रासस

प्रकाशित: May 23, 2020| 15:58 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।