सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • त्रिकोणात्मक सिरिज : पहिलो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै

त्रिकोणात्मक सिरिज : पहिलो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै

नेपाल, ओमन र अमेरिका एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिजअन्तर्गत सोमबारको खेलमा नेपालले अमेरिकाको सामना गर्दैछ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं- नेपाल, ओमन र अमेरिका एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिजअन्तर्गत सोमबारको खेलमा नेपालले अमेरिकाको सामना गर्दैछ। ओमनको अल इमिरेत मैदानमा सवा ४ बजेबाट सुरु हुने पहिलो खेलमा नेपालले अमेरिकाको समाना गर्न लागेको हो।

National life

अमेरिकाले ओमनमा पछिल्लो समय निकै राम्रो खेल प्रदर्शन गरिसकेको छ। सौरभ नेत्राभल्करको कप्तानीमा रहेको टिमले पछिल्लो खेलमा पपुवा न्युगिनीलाई १३४ रनले हराएको थियो।सो खेलमा जस्करण मल्होत्राले पपुवा न्युगिनिविरुद्ध एकै ओभरमा छ छक्का प्रहार गरेका थिए।

‘अमेरिका अहिले थप राम्रो भएर आएको छ जस्तो लाग्छ। पहिलेको टिमभन्दा चार नयाँ खेलाडी छन्। अमेरिकाले पछिल्लो खेलमा पीएनजीविरुद्ध पनि राम्रो खेलेको थियो। त्यसैले अमेरिकाविरुद्ध खेल्न पहिलेजस्तो सजिलो हँदैन। खेल कठिन छ,’ नेपाली कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्।’

अमेरिका अहिले तालिकाको दोस्रो स्थानमा रहेको छ भने नेपाल तालिकाको अन्तिम दोस्रो स्थानमा छ। कप्तान ज्ञानेन्द्रले यो अवस्थामा केहि फरक पर्छ जस्तो लाग्ने बताएका छन्।

नेपालले यसअघि नेपालल तयारीस्वरुव पपुवा न्युगिनिविरुद्ध दुई खेल खेलेको छ। जहाँ नेपालले दुवै खेलमा जित निकालेको थियो। ति खेलमा नेपालको ओपनिङ कुशल भुर्तेल र आशिफ शेखले सम्हालेका थिए। उनीहरुले नै सोमबारको खेल पनि ओपनिङ सम्हालने सम्भावना धेरै छ।नेपालमा भएको अभ्यासमा पनि उनीहरुले ओपनिङ सम्हालिरहेको देख्न पाइन्थ्यो। 

Laxmi sunrise bank
kumari

यता नेपालमा वर्षाका कारण राम्रो अभ्यास हुन नसकेका कारण नेपाली टिम गएको भदौ ८ गते नै ओमन प्रस्थान गरेका थिए। त्यहाँ नेपाली टिमले १८ दिनको अभ्यास गरिसकेको छ।

यता नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले यो सिरिज नखेल्ने भएका छन्। अब नेपालले ओमनमा अमेरिकासँग २ र ओमनसँग २ खेल खेल्नेछ। त्यसका लागि ओमन पुगेका उपकप्तान ऐरी भने एटीएफएलको गहिरो चोटका कारण उनी बाहिरिएका छन्।



के हो विश्वकप लिग २ ?

इंग्ल्यान्डमा सन् २०१९ मा एक दिवसीय विश्वकप सम्पन्न भएपछि ५० ओभरका खेलले एक महिना विश्राम पायो। विश्रामको अवधि सकिएलगत्तै यसका तीन शृंखला सुरु भए९ ‘क्रिकेट विश्वकप सुपर लिग’, ‘लिग २’ र ‘च्यालेन्जिङ लिग’।

यी तीनै शृंखलाको लक्ष्य भने एउटै छ, भारतमा हुने एकदिसीय विश्वकप २०२३ का लागि सहभागी राष्ट्रको निर्क्योल गर्नु। अहिले तीनै फर्म्याट सुरु भइसकेका छन्। नेपाललाई विश्वकपमा पुर्या उने प्रतियोगिता भनेको ‘लिग २’ हो। आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको नयाँ रूप हो, ‘लिग २’। तर, लिग सुरु भएको चार महिनासम्म नेपालले एक खेल पनि खेलेन। त्यस समयसम्म प्रतियोगितामा छनोट भएका अन्य ६ टोलीले भने ८ खेल खेलिसकेका थिए।

ढिलै भए पनि २०७६ को माघमा नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्यो। स्कटल्यान्डको मनोफिल्ड पार्कमा उद्घाटन भएको ‘लिग २’ अमेरिका, युएई र ओमानपछि नेपाल आइपुगेको थियो। त्यो सिरिजपछि कोरोनाभाइरसको महामारीका कारण नेपालले बाँकी सिरिज खेल्न पाएको थिएन।

साढे दुई वर्षसम्म चल्ने यो प्रतियोगितामा नेपालसहित अमेरिका, स्कटल्यान्ड, नामिबिया, ओमान, युएई र पपुवा न्युगिनी सहभागी छन्। जसमा स्कटल्यान्ड, नेपाल र युएई जिम्वाबेमा सम्पन्न क्रिकेट विश्वकप क्वालिफायर २०१८ बाट छानिएका हुन् भने ओमान, नामिबिया, पपुवा न्युगिनी र अमेरिका ‘विश्व क्रिकेट लिग डिभिजन २’ बाट छनोट भएका हुन्।

प्रतियोगिताअन्तर्गत प्रत्येक टिमले साढे दुई वर्षमा ३६ एकदिवसीय खेल खेल्नेछन्। प्रत्येक टोलीले ३६ खेल खेल्दा लिगको खेल संख्या एक सय २६ हुनेछ।

लिगअन्तर्गत २१ त्रिपक्षीय शृंखला सञ्चालन हुनेछन्। एक शृंखलामा ६ खेल हुँदा एक टिमले ४ खेल खेल्नेछ। प्रत्येक सदस्य टिमले एक सिजनमा कम्तीमा पनि एक त्रिपक्षीय खेल आयोजना गर्नुपर्ने हुन्छ। तर कोभिडका कारण त्यो तालिकामा केही परिवर्तन भने गरिएको छ।

लिग २ का शीर्ष तीन टिम विश्वकप क्वालिफायरमा छानिनेछन् भने बाँकी ४ टोली विश्वकप क्वालिफायर प्लेअफमा पुग्नेछन्। नेपाल ‘लिग २’ को शीर्ष तीनमा पर्न सफल भए विश्वकप क्वालिफायर २०२२ मा पुग्नेछ। तर, शीर्ष तीनमा नपरेको खण्डमा ‘प्ले अफ’मा जानुपर्ने हुन्छ। प्लेअफबाट पनि विश्वकपमा जान सम्भव छ।

प्रकाशित: Sep 13, 2021| 08:45 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।