शनिबार, फागुन ३०, २०८२

चीनमा महामारीपछि पहिलो पटक एक दिनमा संक्रमण शून्य

चीनमा कोरोना भाइरस (कोभिड-१९)को महामारी फैलिएपछि पहिलो पटक एक दिनमा संक्रमण शून्य देखिएको छ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

चीनमा कोरोना भाइरस (कोभिड-१९)को महामारी फैलिएपछि पहिलो पटक एक दिनमा संक्रमण शून्य देखिएको छ। चीनमा पछिल्लो २४ घन्टामा नयाँ संक्रमण देखिएको छैन।

National life

पछिल्लो वर्षको अन्तमा चीनको वुहान सहरबाट संक्रमण देखिएको थियो। त्यसको केही महिनामा कोरोना संक्रमणको महामारी विश्वभर फैलिएको हो। मार्चमा भने चीनमा संक्रमणको संख्यामा तीव्ररुपमा घटेको थियो।

कोरोना भाइरस संक्रमण रोक्न लागू गरिएको नियम पालनाले गर्दा महामारी नियन्त्रणमा आएको बताइएको छ।

यद्यपि, समाचार एजेन्सी रोयटर्सले चीनभन्दा बाहिरबाट आएका मानिसमा संक्रमण बढेको बताएको छ। यसमा अधिकतर चीनका नागरिक हुन्, जो विदेशबाट फर्किरहेका छन्।

पछिल्लो साता पूर्वी चीनको सीमावर्ती जिलिन तथा हेइलान्गजियांंग प्रान्त संक्रमणको केन्द्र बनिरहेको छ। वुहानमा पनि यो महिना पहिलो पटक केही क्षेत्रमा संक्रमण देखिएको थियो। त्यहाँ अप्रिल ८ देखि लकडाउन हटाइएको थियो।

Laxmi sunrise bank
kumari

त्यहाँका सरकारी अधिकारीले महामारी रोक्न लागू गरिएका उपाय खुकुलो बनाउन नहुने बताएका छन्। उनीहरुले वुहानमा एक करोड १० लाख वासिन्दाको टेस्टका लागि अभियान सुरु गरिने बताए।

बीबीसी

प्रकाशित: May 23, 2020| 13:46 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।