शनिबार, फागुन ३०, २०८२

कोरोनाबाट सर्वाधिक प्रभावित दोस्रो देश बन्यो ब्राजिल

ब्राजिल कोरोना भाइरस (कोभिड १९)को संक्रमण संख्याका आधारमा सर्वाधिक प्रभावित हुने दोस्रो देश बनेको छ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

ब्राजिल कोरोना भाइरस (कोभिड-१९)को संक्रमण संख्याका आधारमा सर्वाधिक प्रभावित हुने दोस्रो देश बनेको छ।

National life

ब्राजिलमा अहिलेसम्म तीन लाख ३० हजार आठ सय ९० जनामा संक्रमण पुष्टि भइसकेको छ। यसअघि रुस दोस्रो सर्वाधिक प्रभावित देश रहेको थियो। रुसमा अहिलेसम्म तीन लाख २६ हजार चार सय ४८ जनामा संक्रमण देखिएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार त्यहाँ कोरोना संक्रमणबाट एक हजार एक जनाको ज्यान गएको थियो। त्यहाँ अहिलेसम्म २१ हजार ४८ जनाको ज्यान गइसकेको छ। ब्राजिलको साओ पाउलो सहर यस महामारीबाट सबैभन्दा बढी प्रभावित छ। त्यहाँको फारमोसा चिहानमा गाडिएका शवको लामो भिड देख्न सकिन्छ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको भन्दै त्यहाँ राष्ट्रपति जायर बोलसोनारोको आलोचना भइरहेको छ।
बदलिँदो परिस्थितिमा ब्राजिल राजनीतिक संकटतर्फ बढ्दैछ, जसको केन्द्रमा राष्ट्रपति बोलसोनारो छन्।

उनी सामाजिक दूरीको विरोध गरिरहेका छन्। त्यति मात्रै होइन, उनी कोरोना संक्रमितको उपचारका लागि क्लोक्विन औषधि प्रयोग गर्नुपर्ने वकालत गरिरहेका छन्, जुन संक्रमितको उपचारमा सफल हुन्छ वा हुँदैन भन्ने साबित हुन सकेको छैन।

Laxmi sunrise bank
kumari

यसका कारण राष्ट्रपति बोलसोनारोको लोकप्रियता तीव्ररुपमा घटिरहेको छ।

ल्याटिन अमेरिकाको सबैभन्दा बढी अर्थव्यवस्था भएको उक्त देशमा कोरोना परीक्षण सुस्त छ। यही कारण त्यहाँ संक्रमित तथा मर्नेको संख्या वास्तविक आँकडा सरकारी तथ्यांकभन्दा धेरै हुन सक्ने आँकलन गरिएको छ।

ब्राजिलमा कोरोना संक्रमणको महामारी तीव्ररुपमा बढ्दा विकराल रुप लिइरहेको छ। गत सोमबार ब्राजिल संक्रमण संख्याका आधारमा सर्वाधिक प्रभावित तेस्रो देश बनेको थियो। शुक्रबार उसले रुसलाई पनि पछि छोडेको छ।

यद्यपि, उसले अमेरिकालाई पछि छाड्ने सम्भावना कम छ। विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाखभन्दा बढी छ।

कोरोना संक्रमणको महामारी सुरु भएपछि ब्राजिलका स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका थिए। राष्ट्रपति बोलसोनारोले स्वास्थ्यमन्त्रीलाई क्लोरोक्विन तथा हाइड्रोक्सिक्लोरोक्विन जस्ता मलेरियाको औषधि प्रयोग बढाउन दबाब दिइएको बताइएको छ। जसका कारण स्वास्थ्य विभागका उच्च अधिकारीले राजीनामा दिएका थिए। उक्त स्थानमा सेनाको अधिकृत नियुक्त गरिन लागिएको छ।

बुधबार अन्तरिम स्वास्थ्यमन्त्री एंव सेनाका जनरल एडवार्डो पाजुएलेले कोरोना संक्रमण लक्षण देखिएकालाई क्लोरोक्विन तथा हाइड्रोक्सिक्लोरोक्विनको व्यापक प्रयोगबारे नयाँ गाइडलाइन्स जारी गरेका छन्।

बीबीसी

प्रकाशित: May 23, 2020| 11:24 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।