आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशबाट आउनेले क्वारेन्टिन बसेर आरडीटी गरेपछि मात्र कोरोना बीमा गर्न पाउने

विदेशबाट आउनेले क्वारेन्टिन बसेर आरडीटी गरेपछि मात्र कोरोना बीमा गर्न पाउने

विदेशबाट आएका नेपालीहरुले सिधै कोरोना बीमा गर्न नपाउने भएका छन्। शुक्रबार बीमा समितिले विदेशबाट आएका मानिसहरुलाई कम्तीमा एक महिनापछि कोरोनाको आरडिटिी टेष्ट गरेपछि मात्र कोरोना बीमा गराउन निर्देशन दिएको छ ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

विदेशबाट आएका नेपालीहरुले सिधै कोरोना बीमा गर्न नपाउने भएका छन्। शुक्रबार बीमा समितिले विदेशबाट आएका मानिसहरुलाई कम्तीमा एक महिनापछि कोरोनाको आरडिटिी टेष्ट गरेपछि मात्र कोरोना बीमा गराउन निर्देशन दिएको छ ।

निर्देशन अनुसार अब विदेशबाट आएका मानिसहरुले १५ दिन क्वारेन्टिन र १५ दिन परिवारसँग घुलमिल भएपछि आरटिडी परिक्षण गराउनु पर्नेछ र सो परीक्षणबाट नेगेटिभ आएकाहरुले मात्र कोरोनाको बीमा गर्न सक्नेछन् ।

सो आरटिडि परिक्षण नेगेटिभ हो भन्ने प्रमाण भने स्थानीय निकायले गरिदिनुपर्ने व्यवस्था समेत गरेको छ । समितिले कोरोना बीमालाई अन्डराइिटिङ कार्यका लागि सो व्यवस्था गरेको हो ।

समितिले कोरोनाको संक्रमण बढ्दै जान थालेपछि गरिव तथा मध्यम वर्गका मानिसहरुलाई मध्यनजर राख्दै उनीहरुको जोखिम हस्तान्तरणको लागि गत वैशाख ७ कोरोना बीमा कार्यक्रम अगाडि सारेको थियो । सो बीमा निर्जीवन बीमा कम्पनीले मात्र गर्ने गरेका छन् ।

समितिका अनुसार एक महिनामा १२ हजार ५७८ बीमा लेखमार्फत् १ लाख ५९ हजार ९३६ जनाको कोरोना बीमा भइसकेको छ । त्यस्तै ति बीमालेखबाट यस अवधिमा ८ करोड ६१ लाख ४४ हजार बीमा शुल्क समेत संकलन भइसकेको छ ।

एक लाख रुपैयाँसम्मको बीमा गर्न चाहनेले प्रतिव्यक्ति एक हजार र पारिवारिक ६०० तिर्नुपर्नेछ भने ५० हजारसम्मको बीमा गर्न चाहनेले व्यक्तिगत ५०० रुपैयाँ र पारिवारिक प्रतिव्यक्ति ३०० रुपैयाँमा कोरोना बीमा गर्न सकिने व्यवस्था छ ।

प्रकाशित: May 23, 2020| 07:14 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्