शनिबार, फागुन ३०, २०८२

पाकिस्तानमा १०७ जना सवार विमान दुर्घटना

पाकिस्तानको कराचीमा ९९ सय यात्रु र ८ जना चालक दलका सदस्य बोकेको विमान दुर्घटना भएको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडौं- पाकिस्तानको कराचीमा ९९ सय यात्रु र ८ जना चालक दलका सदस्य बोकेको विमान दुर्घटना भएको छ।

National life

पाकिस्तानको राष्ट्रिय एयरलाइन कम्पनी पीआईएको उक्त विमान कराची एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटना हुन पुगेको पाकिस्तानी पत्रिका डन को अनलाइन संस्करणले जनाएको छ।

डन का अनुसार विमानमा चालकदलका सदस्यसहित १०७ यात्रु सवार थिए। तीमध्ये कसैको हताहतीको समाचार नआए पनि घटनास्थलका फुटेजहरु हेर्दा ठूलै क्षति भएको अनुमान गरिएको छ।

पाकिस्तानका सेनाध्यक्ष जनरल कमर जावेद बाजवाले ‘बहुमूल्य जीवनको क्षति’ का लागि शोक व्यक्त गरेको समाचारमा उल्लेख छ।

विमान अवतरण गर्नु ठिक अघि विमानस्थल नजिकको  मोडल कोलोनीमा खसेको उक्त विमानले बाहिर कति क्षति पुर्यायो भन्ने विवरण प्राप्त नभए पनि घटनास्थलमा गाडी र घरहरुबाट धुवाँको मुस्लो उठेको देखिएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

Laxmi sunrise bank
kumari

पीआईएको उक्त इयरबस ए–३२० पीके ८३०३ दिउँसो एक बजे लाहौरबाट उडेको थियो।

 

 

प्रकाशित: May 22, 2020| 17:05 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।