मंगलबार, असार २३, २०८३

चोटबाट फर्किएका इब्राहिमोबिचले गरे २४ औं सिजनमा गोल

चार महिनाको चोटबाट फर्किएका ज्वालटन इब्रहिमोबिचले २४ औं फुटबल सिजनमा पनि गोल गरेका छन्। त्यो गोलसँगै इब्राहिमोबिच सिरी ए क्लब एसी मिलानबाट गोल गर्ने सबैभन्दा पाका विदेशी खेलाडी बनेका छन्।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं– चार महिनाको चोटबाट फर्किएका ज्वालटन इब्रहिमोबिचले २४ औं फुटबल सिजनमा पनि गोल गरेका छन्। त्यो गोलसँगै इब्राहिमोबिच सिरी ए क्लब एसी मिलानबाट गोल गर्ने सबैभन्दा पाका विदेशी खेलाडी बनेका छन्।

३९ वर्ष ३४४ दिनका इब्राहिमोबिचले ब्रुनो अल्भेसले बनाएको रेकर्डलाई तोडेका हुन्। जो यसअघि सिरी एमा सबैभन्दा धेरै उमेरमा गोल गर्ने विदेशी खेलाडी थिए। इब्राहिमोबिचको गोलसँगै आइतबार राति सम्पन्न खेलमा एसी मिलान लाजियोमाथि २–० गोलको जित निकालेको छ।

पूर्व म्यानचेस्टर युनाइटेड, बार्सिलोना, इन्टर मिलान र युभेन्टसका स्ट्राइकर इब्राहिमोबिचले घुँडाको चोटलाई जितेपछि २४ औं सिजनमा गोल गरेका हुन्। उनले पहिलो पटक १९९८–९९ मा स्विडिस लिगमा गोल गरेका थिए। त्यसपछिका हरेक सिजनमा गोल गरिरहेका छन्।

३९ वर्षे स्विस फरवार्डले राफेल डा लियोको गोलपछि दोस्रो हाफमा स्कोर गरेका थिए। उनको ६७ औं मिनेटका गोलसँगै मिलानले जित निश्चिन गरेको थियो। दुवै खेलाडीका लागि रेबिचले पास उपलब्ध गराएका थिए।

‘इब्राहिमोबिच कहिल्यै बुढो हुँदैन किनेभने उसँगै धेरै शोख र भोक छ। लाग्छ उनीभित्र एक प्रकारको ज्वाला छ,’ प्रशिक्षक स्टेफानो पिओलीले खेलपछि भने, ‘उनी जित्नका लागि खेल्छन्। उनी सँधै उच्च स्तरमा अभ्यास गर्छन्। जब उनी त्यसो गर्छन् कुनै प्रशिक्षकले पनि उनको उमेर हेर्दैन।’

यो जितसँगै तीन खेलबाट ९ अंक जोडेको एसी मिलान शीर्षस्थानमा छ। ऊ समान ९ अंक भएको रोमाभन्दा पछि छ भने समान ९ अंक भएको नापोलीभन्दा अघि छ।

यता रोमाले गएरातिको खेलमा ससुअलोलाई २–१ गोलले हराएको छ। १–१ गोलको बराबरी भएको अवस्थामा रोमाका स्टेफेनले इन्ज्युरी समयमा गोल गर्दै प्रशिक्षक जोसे माउरिन्होलाई जित कोसेली दिएका थिए।

त्यो माउरिन्होलको १००० औं क्लब खेल थियो।

प्रकाशित: Sep 13, 2021| 08:05 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।