शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • साना व्यवसायका लागि जापानद्वारा २ खर्ब ७९ अर्ब डलरको व्यवस्था

साना व्यवसायका लागि जापानद्वारा २ खर्ब ७९ अर्ब डलरको व्यवस्था

जापानको केन्द्रीय बैंकले कोरोना भाइरसबाट ठूलो क्षति व्यहोर्न बाध्य जापानका साना व्यवसायीका लागि २ खर्ब ७९ अर्ब डलरको ऋण व्यवस्था गरेको छ । जापान अहिले विश्वमै तेस्रो ठूलो अर्थव्यवस्था भएको मुलुक हो ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

जापानको केन्द्रीय बैंकले कोरोना भाइरसबाट ठूलो क्षति व्यहोर्न बाध्य जापानका साना व्यवसायीका लागि २ खर्ब ७९ अर्ब डलरको ऋण व्यवस्था गरेको छ । जापान अहिले विश्वमै तेस्रो ठूलो अर्थव्यवस्था भएको मुलुक हो ।

National life

बैंक अफ जापानले यसअघि पनि साना तथा मझौला उद्योग व्यवसायका लागि सहुलियत दरमा ठूलो परिमाणको ऋण व्यवस्था गरेको थियो ।

कोरोना भाइरसबाट विश्व अर्थतन्त्रमा ठूलो क्षति पुग्नु अघि नै जापानी अर्थव्यवस्था प्राकृतिक प्रकोप र उपभोग्य वस्तुमा बढाइएको करबाट निकै ठूलो संकटमा थियो ।

सोमबार प्रकाशित आर्थिक विवरणमा सन् २०१५ को पहिलो चौमासिक अवधिमै जापानको अर्थतन्त्र मन्दीमा रहेको देखिएको छ । जापानी अर्थशास्त्रीहरुले जापानको अर्थव्यवस्थामा अझै ठूलो संकट आउने अनुमान गरेका छन् ।

गत महिना जापानको केन्द्रीय बैंकले अर्थतन्त्रलाई गतिशील तुल्याउन तथा कोरोना भाइरसका कारण सिर्जित समस्या सुल्झाउन नयाँ मौद्रिक नीति अघि सारेको थियो ।
रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: May 22, 2020| 13:28 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।