शनिबार, फागुन ३०, २०८२

कोरोनाका कारण दुबईका ७० प्रतिशत कम्पनी बन्द हुन सक्ने

कोरोना भाइरसको महामारीका कारण दुबई सहरका करिब ७० प्रतिशत व्यापारिक–व्यावसायिक कम्पनी ६ महिनाभित्रमा बन्द हुन सक्ने एक सर्वेक्षणले देखाएको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

कोरोना भाइरसको महामारीका कारण दुबई सहरका करिब ७० प्रतिशत व्यापारिक–व्यावसायिक कम्पनी ६ महिनाभित्रमा बन्द हुन सक्ने एक सर्वेक्षणले देखाएको छ। दुबई संयुक्त अरब इमिरेट्स (युएई)को राजधानीका साथै मुख्य व्यापारिक सहर हो।

National life

दुबई चेम्बर अफ कमर्सले गरेको एक सर्वेअनुसार कोरोनाका कारण अझै ६ महिना व्यापार बन्द हुन सक्छ। सर्वेको नतिजाअनुसार दुबईका ९० प्रतिशतभन्दा बढी कम्पनीको सन् २०२० को पहिलो तीन महिनामा बिक्री तथा कारोबारमा भारी गिरावट आएको छ।

महामारीका कारण उत्पन्न विश्व आर्थिक मन्दीको सबैभन्दा बढी असर साना तथा मझौला उद्योगमा परेको छ। पर्यटन क्षेत्रसँग जोडिएका कम्पनी, रियल स्टेट सम्बद्ध कम्पनी, होटल–रेस्टुरेन्ट आदिको कारोबारमा ७० प्रतिशतसम्मको गिरावट आएको बताइएको छ।

दोस्रो त्रैमासमा स्थिति अझ भयावह हुन सक्ने व्यवसायीहरुले बताएका छन्। सर्वेक्षणमा सहभागी ४८ प्रतिशतले यस महामारीबाट उत्पन्न संकट पार लगाउन उनीहरुसँग कुनै योजना पनि छैन।

युएईमा हालसम्म करिब २७ हजार कोरोना संक्रमित छन् भने २३७ जनाको मृत्यु भइसकेको छ।

Laxmi sunrise bank
kumari

बीबीसी

प्रकाशित: May 22, 2020| 12:53 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।