मंगलबार, असार २३, २०८३

बेञ्जेमाको ह्याट्रिक, बर्नाबेउमा रियलको सानदार पुनरागमन

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा फ्रेन्च फरवार्ड करिम बेञ्जेमाले ह्याट्रिक गरेका छन्।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं– स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा फ्रेन्च फरवार्ड करिम बेञ्जेमाले ह्याट्रिक गरेका छन्।

उनले खेलको २४ औं, ४६ औं र ८७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन्। बेञ्जेमाको ह्याट्रिकसँगै रियल मड्रिले घरेलु मैदान सान्टियाको बर्नाबेउमा सानदार पुनरागमन गरेको छ।

आइतबार रातिको खेलमा उसले साहुना टोली सेल्टा भिगोविरुद्ध ५–२ गोलको जित निकालेको हो। रियलका लागि भिनिसियस जुनियर र डेब्युटान एडुवर्ड कामाभिङ्गाले पनि समान १–१ गोल गरेका थिए।

१८ वर्षे कामाभिङ्गा गत महिनाको अन्तिममा मात्र रियलले फ्रेन्च क्लब रेन्निसबाट अनुबन्धन गरेको थियो। उनले डेब्यु खेलमै गोल गरे।

यता भिनिसियसको गोलमा बेञ्जिमाले एसिस्ट पनि गरेका थिए। पहुना टिम सेल्टाका लागि मिना लोरेन्जो र सेर्भीले समान १–१ गोल गरेका थिए।

एक गोलले पछि परेको अवस्थामा बेञ्जेमाले पहिलो गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए। सेल्टाका सेर्भीले ३१ औं मिनेटमा गोल गरेपछि रियल पहिलो हाफमा फेरि एक गोलले पछि पर्यो। तर दोस्रो हाफको पहिलो मिनेटमै बेञ्जेमाले बराबरी गरे।

त्यसपछि रियलले तीन गोल थपेको हो। यससँगै पुननिमार्ण भइरहेको सान्टियागो बर्नाबेउमा रियलले सानदार पुनरागमन गरेको हो। पुननिर्माण भइरहेका बाबजुद रंगशालामा ३० हजार समर्थक उपस्थित थिए।

रियलले २०२० मार्च १ मा भएको एल क्लासिको पछि पहिलो पटक घरेलु रंगशालामा खेलेको हो। यसबीच १७ महिना रियलले युवा खेलाडीको मैदान अल्फ्रेडो डि स्टेफानो रंगशालामा खेलिरहेको थियो। रंगशाला बन्नका लागि २२ महिना लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो।

यो जितसँगै रियल शीर्षस्थानमा उक्लिएको छ। उसको १० अंक छ। समान १० अंक बनाएका भ्यालेन्सिया र एट्लेटिको मड्रिड दोस्रो र तेस्रो स्थानमा छन्।

प्रकाशित: Sep 13, 2021| 07:45 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।