शनिबार, फागुन ३०, २०८२

‘इटालीमा कोरोना भाइरसबाट ५१ हजारको मृत्यु’

चीनको उहान सहरबाट गएको डिसेम्बर अन्तिम साता सुरु भएको कोरोना भाइरसबाट चीनपछि इटाली नराम्रोसँग प्रभावित भयो। चाँडै नै इटालीले चीनलाई पछाडि पारिदियो । र, संक्रमण र मृतक दुवै मामलामा पहिलो नम्बरमा आयो।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

चीनको उहान सहरबाट गएको डिसेम्बर अन्तिम साता सुरु भएको कोरोना भाइरसबाट चीनपछि इटाली नराम्रोसँग प्रभावित भयो। चाँडै नै इटालीले चीनलाई पछाडि पारिदियो । र, संक्रमण र मृतक दुवै मामलामा पहिलो नम्बरमा आयो।

National life

त्यसपछि केही समयमा इटालीलाई अमेरिकाले उछिन्यो । अहिले अमेरिकामा मृतकको संख्या ९५ हजार नाघेको छ र इटालीमा ३२ हजार।

यसैबीच, इटालीको नेशनल सोसल सेक्युरिटी एजेन्सीले त्यहाँ मार्च र अप्रिलमा जति मानिसको मृत्यु भयो भनिएको छ, त्योभन्दा १९ हजार बढीको मृत्यु भएको हुन सक्ने बताएको छ।

आईएनपीएस इटालीको सबैभन्दा ठूलो सामाजिक सुरक्षा तथा कल्याण एजेन्सी हो। उक्त एजेन्सीले सरकारको आँकडालाई विश्वास गर्न नसकिने बताएको छ।

शुक्रबारसम्ममा इटालीमा कोरोना भाइरसबाट मर्नेको संख्या आधिकारिक रुपमा ३२ हजार ४८६ बताइएको छ। यीमध्ये २६ हजार ७१५ इटालीको उत्तरी इलाका लोम्बार्डीका छन्। यो इलाका कोरोना भाइरसबाट युरोपमै सबैभन्दा बढी प्रभावित इलाका हो।

Laxmi sunrise bank
kumari

बीबीसी

 

प्रकाशित: May 22, 2020| 07:29 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।