शनिबार, फागुन ३०, २०८२

प्रहरीले गोली चलाउँदा अधिकारकर्मीको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको तनावग्रस्त पूर्वी भागमा जुलुश प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको  गोली लागी एक अधिकारकर्मीको मृत्यु भएको आन्दोलनरत समूहले जानकारी गराएको छ ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको तनावग्रस्त पूर्वी भागमा जुलुश प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको  गोली लागी एक अधिकारकर्मीको मृत्यु भएको आन्दोलनरत समूहले जानकारी गराएको छ ।

National life

लुटेरा तथा लडाकू समूहका आक्रमणबाट प्रभावित रहँदै आएको बेनी शहरमा प्रहरीले गोली चलाएको थियो । घटनालाई लिएर दुई प्रहरी अधिकारीलाई पक्राउ गरिएको स्थानीय प्रहरी कार्यालयले जानकारी गराएको छ ।

बेनीस्थित एक रङ्गशालामा करिब २० व्यक्ति भेला भई स्थानीय लुचा समूहले आफूहरूमाथि भएका लुट र हत्याको विरोध गर्ने तयारी गरेका समय प्रहरीले गोली चलाएको आरोप स्थानीय मानवअधिकारवादी समूहले बताएको छ ।

मुश्लिम विद्रोहीहरूको अलिड डेकोक्र्याटिक फोर्स इस्लाम बहुल क्षेत्र रहेको बेनीमा सक्रिय रहेको छ । जहाँ सन् २०१४ को अक्टोबरदेखि हालसम्म करिब एक हजार सर्वसाधारणको हत्या भएको छ ।

स्थानीय नागरिकहरूले संयुक्त राष्ट्रसंघीय शान्ति सेना तथा कङ्गोली अधिकारीले आफूहरूको सुरक्षालाई प्रत्याभूत नगरेको भन्दै आन्दोलित भएका छन् ।

Laxmi sunrise bank
kumari

बिहीबारको जुलुशबाट पक्राउ गरी करिब एक दर्जनभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारकर्मीमाथि आक्रमण गर्ने प्रहरी अधिकारीलाई पनि छानविनका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ।

रासस

प्रकाशित: May 22, 2020| 06:23 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।