काठमाडौं- आइतबार राति लिड्स युनाइटेडको मैदानमा सम्पन्न खेलमा अर्को टिम लिभरपुलले घरेलु टिमलाई ३-० गोलले हराएको छ। यससँगै इंग्लिस प्रिमियर लिग ९ईपीएल० अन्तर्गतको सुरुआति चार खेलमा लिभरपुल जित हासिल गरेको हो।
दुई सिजन अघि लिभरपुका लगभग सबै खेलाडी उत्कृष्ट फर्मममा हुँदा शीर्षस्थानमा १८ अंकले अग्रता बनाएर लिग जितेको थियो। प्रिमियर लिगमा उत्कष्ट पाँचमध्येको एक अंक बनाएर लिग जितेको थियो।त्यसैले उसले अर्को सिजन पनि उस्तै प्रदर्शन गर्ने विश्वास गरिएको थियो। तर टिमका महत्वपूर्ण खेलाडी घाइते भएपछि लिभपरपुललाई अन्तिम चारमा पर्नै मुस्किल भएको थियो।
तर पछिल्लो सिजनमा उसले तेस्रो ठाउँ लिन सफल भयो। गएको सिजन उपाधि विजेता म्यानचेस्टर सिटीको भन्दा १७ अंक कम थियो भने एक सिजन अघि आफैंले बनाएको अंकभन्दा लिभरपुलले ३० अंक कम ल्याएको थियो। त्यो उसका लागि निकै पीडादायि रहेको थियो। तर अहिलेको २०२१/२२ सिजनमा लिभरपुलले निकै उत्कृष्ट सुरुआत गरिसकेको छ।
सेप्टेम्बर ब्रेकअघिका तीन खेलमा लिभरपुलले दुई खेलमा जित निकालेको थियो भने उपाधि दावेदार चेल्सीसँग बराबरी खेलेको थियो। ब्रेकपछिको पहिलो खेलमा अझै सानदार प्रदर्शन गर्यो र लिड्स युनाइडेडविरुद्ध ३-० गोलको जित निकाल्न सफल भयो।
आइतबार रातिको खेलमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह, फाविन्हो र साडियो मानेले १–१ गोल गरेका थिए भने यससँगै यो सिजनमा सलाहले चार खेलमा तीन गोल गरे साथै मानेल दुई गोल गर्न सफल भए।
यसले उनीहरु प्रशिक्षक योर्गेन क्लोपको हेभिमेटल फुटबलमा जमिसके भन्ने देखाउँछ र, उसले यो जिसन निकै सकारात्मक सुरुआत गरेको छ। अन्य उपाधि दावेदार म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सीको तुलनामा किन्नमा कम लगानी गरेरै पनि लिभरपुलले उत्कृष्ट सुरुआत गरेको छ।
तीन जित र एक बराबरीका साथ लिभरपुल अहिले ईपीएलको तेस्रो स्थानमा छ। समान १० अंक भएका युनाइटेड र चेल्सी पहिलो र दोस्रो स्थानमा छन्। गएरातिको खेलमा पराजित लिड्स युनाइटेड भने दुई अंकका साथै १७ औं स्थानमा छ।