शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ब्राजिलमा एकै दिनमा २१ हजार बढी संक्रमित, स्वास्थ्य सेवा कोल्याप्स हुने चेतावनी

ब्राजिलमा एकै दिनमा २१ हजार बढी संक्रमित, स्वास्थ्य सेवा कोल्याप्स हुने चेतावनी

तिब्र गतिमा फैलिएको कोरोनाबाट दक्षिण अमेरिकी देश ब्राजिलमा एकै दिन (बुधबार) २१ हजार ४ सय ७२ जना संक्रमित भएका छन् । ९ सय ११ जनाको मृत्यु भएको छ ।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

काठमाडौं- तीव्र गतिमा फैलिएको कोरोना भाइरसबाट दक्षिण अमेरिकी देश ब्राजिलमा एकै दिन (बुधबार) २१ हजार ४ सय ७२ जना संक्रमित भएका छन्। ९ सय ११ जनाको मृत्यु भएको छ।

National life

प्रत्येक दिन संक्रमित बढ्दै गएको ब्राजिलमा मंगलबार १६ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएको थियो। सोमबार १४ हजार २ सय ८८ जना संक्रमित थपिएका थिए।

ब्राजिलमा अहिलेसम्म कोरोनाबाट २ लाख ९३ हजार ३ सय ५७ जना संक्रमित भएका छन् भने १८ हजार ८ सय ९४ जनाको मृत्यु भएको छ।

कोरोनाका संक्रमित ह्वात्तै बढेपछि ब्राजिलको स्वास्थ्य सेवामा ठूलो दबाब परेकाले केही दिनमै स्वास्थ्य सेवा कोल्याप्स हुन सक्ने चेतावनी दिइएको छ।

यसैबीच, मुलुक महामारीको नयाँ इपिसेन्टर बन्दै गएपछि राष्ट्रपति जायर बोल्सोनारोले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना भाइरसको उपचारमा प्रयोग गर्न सुझाएका छन्।

Laxmi sunrise bank
kumari

कोरोनाको विषाणु मार्छ भन्ने कुनै प्रमाण नरहेको हाइड्रोक्सिक्लोरोक्वीनले उल्टै मुटुमा समस्या हुनसक्ने चेतावनी वैज्ञानिकहरुले दिए पनि बोल्सोनारोले उक्त औषधि प्रयोगमा स्वीकृति दिएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै खाइसकेको औषधि भएकाले खान उनको सुझाव थियो ।

प्रकाशित: May 21, 2020| 10:08 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।