आइतबार, भदौ ७, २०८३

मानव विकास वृद्धि तीन दशकयताकै कमजोर : यूएनडीपी

यूएनडीपीले विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य र आम्दानी तीनवटै क्षेत्रमा कोभिड–१९ ले प्रभाव पारेको कारण यो पटक मानव विकास वृद्धि घट्ने आकलन गरेको हो।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

काठमाडौं– मानव विकास वृद्धि ३० वर्ष यता पहिलोपटक घट्ने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले प्रक्षेपण गरेको छ।

यूएनडीपीले विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य र आम्दानी तीनवटै क्षेत्रमा कोभिड–१९ ले प्रभाव पारेको कारण यो पटक मानव विकास वृद्धि घट्ने आकलन गरेको हो।

यूएनडीपीले शिक्षा, स्वास्थ्य र जीवनयापनको आधारमा मानव विकासको वृद्धि मापन गर्दै आइरहेको छ।

यो वर्ष शिक्षाबाट ६० प्रतिशत विद्यार्थी बञ्चित भएको यूएनडीपीले जनाएको छ। यसमध्ये प्राथमिक तहमा पढ्ने ८६ प्रतिशत बालबालिका विद्यालय जान पाएका छैनन्।

यूएनडीपीका अनुसार रोजगारीको असुरक्षा, लैंगिक असमानता, लैंगिक हिंसा, महिलाको आय तथा बचतमा कमीजस्ता समस्या देखिन थालेको छ। यसको आर्थिक तथा सामाजिक प्रभाव अल्पविकसित र विकासोन्मुख मुलकमा झन् बढी पर्नेछ।

‘पछिल्लो तीन दशकमा विश्वले आर्थिकलगायत अन्य संकट भोगे पनि मानव विकास वृद्धि भने भइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ।
कोभिड–१९ ले मानव विकासको आधारभूत क्षेत्रमै प्रभाव पारेको यूएनडीपीको भनाइ छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यसअघि १७० देशको प्रतिव्यक्ति आय ऋणात्मक हुने प्रक्षेपण गरेको थियो। त्यसकै आधारमा विश्वभर प्रतिव्यक्ति आम्दानी ४ प्रतिशत घट्ने यूएनडीपीको आकलन छ।

प्रकाशित: May 21, 2020| 08:33 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्